‘गल्ती सुधार्दै अझै बुलन्द काम गर्नेछु’: कृषा चौलागाईँ, निर्देशक

June 6, 2025 at 06:18 AM

काठमाडौं– निर्देशक कृषा चौलागाईँले सबैको साथ र सहयोगले आफ्नो फिल्म ‘पिताम्बर’ जेठ २२ गते प्रदर्शनका ५१ औँ दिन पार गर्न सम्भव भएको बताएकी छिन् । यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै निर्देशक चौलागाईँले यो सफलतामा आफू निकै उत्साहित रहेको समेत स्पष्ट पारिन । ‘अबको फिल्ममा कमि–कमजोरीलाई सच्याउँदै आगामी दिनमा झन् राम्रो फिल्म दर्शकलाई दिनेछ, निर्देशक चौलागाईँले भनिन्– ‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’ केहि दिनअघि जापानमा समेत बेष्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐँचो पैँचो’ हो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...