निर्देशक पुरीलाई मातृशोक

June 24, 2025 at 06:27 AM

काठमाडौं– वरिष्ठ फिल्म निर्देशक तथा सञ्चारकर्मी नारायण पुरीलाई मातृशोक परेको छ । निर्देशक पुरीकी ८७ वर्षीया चन्द्रकला पुरीको काठमाडौंस्थित आफ्नै निवासमा मंगलवार बिहान निधन भएको हो । निर्देशक पुरीले २०५४ सालमै बुवा लाल पुरीलाई समेत गुमाएका थिए । बुवाले छाडेर गएको २८ वर्षपछि निर्देशक पुरीलाई आमा चन्द्रकलाले पनि छाडेर गएकी हुन् । दिवंगत पुरीका निर्देशक पुरीसहित दुई छोरा तथा सात छोरी छन् । निर्देशक पुरी उनका जेष्ठ सुपुत्र हुन् । नेपाली फिल्म निर्माण तथा र सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय नारायण पुरी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...