निर्मल शर्माको ‘निर्माता बचाउ अभियान’ मा दीपकराजको जवाफ- ‘वर्षको तीन सय वटा फिल्म बन्लान् नि फेरी ’

June 26, 2025 at 06:28 AM

काठमाडौं– कलाकार निर्मल शर्मा लामो समयदेखि अभिनयमा निरन्तर देखिरहने लोकप्रिय अनुहार हुन् । त्यसो त कलाकार शर्मा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छन् । उनी हरेक दिन आफ्ना नजिकका तथा आफ्नो क्षेत्रका सहकर्मीहरुको जन्मदिन सम्झेर सबैलाई तस्विरसहित शुभकामना दिन छुटाउँदैनन् । यतिमात्र होइन, उनी प्रायः समसामायिक विषयमा आफ्ना धारणाहरु सामाजिक सञ्जालमार्फत नै व्यक्त गरिरहेका हुन्छन् । यसैबीच, कलाकार शर्माले आफूले अभिनय गरेको एउटा फिल्मले नसोचेको असफलता पाएको भन्दै आफूले पारिश्रमिकबाट लिन बाँकी भएको ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनी निर्माता सुरक्षित भएपछि मात्र फिल्म क्षेत्र चलायमान हुन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...