‘माग्ने राजा’ को टीजरमा हल्का रमाइलो भन्दै माग्ने बुढाको राजसी ठाँट

June 30, 2025 at 09:36 AM

काठमाडौं– हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे उनै दर्शकलाई पूर्ण रुपमा रमाइलो गराउने मुडमा सिनेमा हल–हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को सोमवार सार्वजनिक टीजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टीजर रमाइला संवादले भरिएको छ । टीजरमा केदार घिमिरेका भिन्न स्वरुप देखिएको छ भने फिल्ममा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित थियो । पौने दुई मिनेट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...