विरामी परे जिग्री अर्थात कुमार कट्टेल

July 2, 2025 at 10:15 AM

काठमाडौं– निर्देशक तथा अभिनेता कुमार कट्टेल (जिग्री) अस्वस्थ्य भएको जानकारी आएको छ । कलाकर्मीसँग कुरा गर्दै कट्टेल नजिक स्रोतले अहिले उनको स्वास्थ्यमा सुधार आएर घरमै आराम गरिरहेको बताएका छन् । यसैबीच, साथीहरुसंग घुमघामको क्रममा गाईघाट जाने क्रममा ब्लड प्रेसर बढेपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।  उनको मुटुको धड्कन असामान्य रुपमा बढ्न थालेको थियो ।  ब्लड प्रेसर बढेर मुटुको धड्कन असामान्य देखिएपछि कट्टेललाई विराटनगरस्थित विराट मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कट्टेललाई अस्पताल पुर्याएर उपचार थालिएको केही समयपछि नै उनको स्वास्थ्यमा सुधार देखिएपछि उनलाई अस्पतालबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...