मर्मस्पर्शी छ ‘सिटामोल’ को नयाँ गीत ‘मुटुभित्र खिल छ हजुर’

July 16, 2025 at 12:20 PM

काठमाडौं– आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् । संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । ‘सिटामोल’ को यो मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली रजतपटमा विशेष भूमिकामा डेव्यु गरेका हुन् । फिल्मको यसअघि सार्वजनिक टीजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल फेसकुक तथा टिकटकमा हिट भएपछि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...