ट्रेलरमा ‘सिटामोल’: कमेडी र व्यङ्ग्यको मिश्रण

July 23, 2025 at 09:27 AM
1 min read

काठमाडौं- आगामी साउन २३ गते जनै पूर्णिमाको अवसरमा प्रदर्शनमा आउने नयाँ फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक फिल्मको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’ प्रति दर्शकको चासो बढाएको छ । फिल्मको सार्वजनिक ट्रेलरका प्रारम्भिक दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ । फिल्ममा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...