‘मिरमिरे’ को ईण्ड–क्ल्याप

August 14, 2025 at 05:18 AM

काठमाडौं– यम शेर्पाको निर्देशनमा तयार भइरहेको नेपाली फिल्म ‘मिरमिरे’ छायांकन प्रारम्भ भएको ३५ दिनमा इण्ड–क्ल्याप गरिएको छ । काभ्रेका विभिन्न स्थान तथा मकवानपुरको चित्लाङमा यो फिल्मको छायांकन भएको हो । निर्माण टीमले फिल्मको एउटा गीतको छायांकन गर्न बाँकी रहेको जनाएको छ । माघ १ गते यो फिल्म प्रदर्शन हुने कुरा फिल्मकी अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर हालै घोषणा गरिएको थियो । यार्सा फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत तथा सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । फिल्ममा बाल कलाकारहरु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...