विदेशमा माग बढाउँदै ‘झरी पछिको इन्द्रेणी’

August 18, 2025 at 03:18 AM

काठमाडौं– केही समयअघि मात्र फ्लोरमा गएको नयाँ नेपाली फिल्म ‘झरी पछिको इन्द्रेणी’ प्रदर्शनअघि नै चर्चामा छ । विस्तारै यो फिल्मका विदेशबाट माग आउन थालेको निर्माण पक्षले जनाएको छ । यसैबीच, अर्जुन घिमिरेको डेब्यू निर्देशनमा तयार भैरहेको यो फिल्मको अस्ट्रेलियाको प्रदर्शन अधिकार विक्री भएको छ । ‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका हुन् । अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो । शिक्षा तथा माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटी व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...