काठमाडौं- निर्माता किरण नेपालीको डेब्यू निर्देशनमा ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ । बुधवार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा तथा प्री–टीजर सार्वजनिक गरिएको हो । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्री–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्देशक नेपाली यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा संलग्न भइसकेका छन् । ‘महादशा’ को प्री–टीजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइने छ । मनिष गौतमले लेखेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...