‘माइतीघर’ को नृत्य प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता

September 2, 2025 at 07:47 AM
1 min read

काठमाडौं- असोज १३ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को शिर्ष गीतको नृत्य प्रतियोगितामा दर्शकहरुको उत्साहजनक सहभागीता भइरहेको छ । सोमवारबाट प्रारम्भ भएको यो प्रतियोगिताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोज १२ गतेसम्म यो प्रतियोगिता जारी रहने निर्माण पक्षले बताएको छ । निर्माता रोहित अधिकारी भन्छन्– ‘दर्शकहरुले २४ घन्टा पनि नवित्दै यति धेरै भिडियो बनाएर पठाउनु भएको छ कि, हामी आफैँ अचम्मित परेका छौं । दर्शकहरुको यो सहभागिताले हामीलाई निकै नै उत्साहित बनाएको छ । २४ घन्टा नबित्दै ओएसआर डिजिटलको विभिन्न सामाजिक प्लेटफर्ममा १५–२० लाख भ्यूज आइसकेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...