‘जारी–२’ को नयाँ गीत ‘अम्लारी’: पालम तथा हाक्पारे गाउँदै अभिनेता दयाहाङ राई (भिडियो)

September 3, 2025 at 10:33 AM

काठमाडौं– आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जारी–२ः सङ अफ च्याब्रुङ’ को नयाँ गीत ‘अम्लारी’ सार्वजनिक भएको छ । गायिका अभिज्ञा घिमिरे तथा बिकास लिम्बुको स्वरको यो गीतको पालम तथा हाक्पारे भर्सन भने दयाहाङ राई तथा यासेली योङहाङले गाएका छन् । सुष्मा सिग्देलद्वारा रचना गरिएको यो गीतलाई सुशान्त गौतमले संगीतबद्ध गरेका हुन् । गीतमा विशाल क्षेत्रीको गिटारवादन, रुपेश शाक्यको बाँसुरी वादन तथा मनिष गन्धर्वको सारंगीवादन रहेको छ । उपेन्द्र सुब्बा यो फिल्मका लेखक तथा निर्देशक हुन् । यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...