फर्स्टलूक पोस्टरमा ‘परान’: प्रदर्शन मिति घोषणा

September 18, 2025 at 05:20 AM

काठमाडौं– निर्देशक दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘परान’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । बिहीवार फर्स्टलूक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणासमेत भएको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ । पोस्टरमा यी दुई एक–अर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ । यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन । पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...