टीजरमा ‘परिवर्तन’: देश परिवर्तनको सन्देश (भिडियो)

October 27, 2025 at 08:55 AM

काठमाडौं– आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’ को टीजर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टीजर सार्वजनिक गरेको हो । देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ । फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ । टीजर रिलिज कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए । उनले भने– ‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...