‘तरङ्ग’ मार्फत डेब्यू गर्दैछन् बरुण

December 5, 2025 at 09:00 AM

काठमाडौं– मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दाको पर्दामा डेब्यू गर्ने भएका छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् । फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरङ्ग’ मा जोडिएको बरुणले बताए । ‘मेरो भूमिका शक्तिशाली छ । टिमको भरोसा मेहनतले उतार्ने छु’, उनले भनेका छन् । आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् । यो फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...