जर्सिङ पौवा र इन्द्रावतीमा ‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा

December 8, 2025 at 07:22 AM
1 min read

काठमाडौं- यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने नेपाली फिल्म ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ । यसअघिको छायाङ्कनमा फिल्मका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ । एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा रहेका छन्। यसको कोरियोग्राफी रोशन बिकेले गरेका छन् । छायाङ्कन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमवार काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन भइरहेको छ भने मङ्गलवार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ। निर्माण टिमका अनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...