टीजरमा ‘बिगुल’: जेन–जी आन्दोलनको झल्को (भिडियो)

December 14, 2025 at 09:34 AM

काठमाडौं– दर्शकमाझ प्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘बिगुल’ को टीजर सार्वजनिक भएको छ । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने ‘बिगुल’ को सवा एक मिनेट लामो टीजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फर्स्टलूक पोस्टरले चर्चा पाइरहेको अवस्थामा सार्वजनिक भएको फिल्मको टीजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि भदौ २३–२४ को जेन–जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ का कथाकार तथा निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले विषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज, सम्बन्ध अनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...