बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ ले पायो अवार्ड

January 13, 2026 at 07:10 AM
1 min read

काठमाडौं- बंगलादेशको बोगरा शहरमा सम्पन्न ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली लघु चलचित्र द चेन्ज (परिवर्तन) र नेपाली बृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएको छ । महोत्सवमा ३२ देशका ७४ चलचित्रहरू सहभागी थिए । जसमा नेपालबाट तीन वटा लघु चलचित्र र एक बृत्तचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी थिए । गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु चलचित्र ‘द चेन्ज’ यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ विधा अन्तर्गत चयन भएको थियो । यो विधामा चलचित्र ‘द चेन्ज’लाई ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । चलचित्रबाट निर्देशक डब्बु क्षेत्री सहित अभिनेता प्रवण भुसाल, अभिनेत्री एवम् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...