‘परान’ प्रदर्शनको ७५औँ दिनः टिकटमा छूटको घोषणा

January 13, 2026 at 11:03 AM

काठमाडौं– नेपाली फिल्म ‘परान’ ले आज पुस २९ गते मंगलवार प्रदर्शनको ७५औँ दिन पूरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहि दिनका लागि सिनेमा हलमा यो फिल्मको टिकटमा ७५ रुपैयाँ छूटको व्यवस्था गरेको छ । ‘परान फिल्म हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औँ दिनको सेलिब्रेशनसँगै यो छूटको व्यवस्था गरेका हौँ’, फिल्मका निर्माता रञ्जित आचार्य भन्छन्– ‘परान हेर्न बाँकी हुनु भएका दर्शकलाई हेर्न आग्रह गर्दछु ।’ यो छुटको व्यवस्था केहि दिनका लागि गरिएको हो । निर्माता आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरुका लागिमात्र व्यवस्था गरिएको हो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...