पत्रकार दिनेश सिटौलाको भावपूर्ण विदाइ

February 1, 2026 at 04:08 PM

काठमाडौं– आइतवार दिउँसो टोखास्थित ग्राण्डी इन्टरनेनशल अस्पतालमा उपचारका क्रममा निधन भएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि गरिएको छ । आइतवार साँझ ४५ वर्षीय पत्रकार सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पत्रकार सिटौलालाई श्रद्वाञ्जली दिन नेपाली फिल्म क्षेत्रका लोकप्रिय अनुहार, चलचित्र पत्रकारहरुका साथमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन), उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आर्यघाट पुगेका थिए । बालेनको चुनावी अभियानका क्रममा अछाममा पुगेका पत्रकार सिटौला शुक्रवार बिहान बेहोस भएका थिए । सिटौलालाई सेनाको एयर एम्बुलेन्समार्फत शुक्रवार दिउँसो नै काठमाडौंको ग्राण्डी अस्पताल ल्याएको थियो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...