प्रदर्शनको पूर्व सन्ध्यामा ‘कुमारी’ को सुखद संकेत, ‘डोको बुन्ने’ को करोड भ्युज, देशभर उत्साहजनक शो

February 5, 2026 at 07:39 AM
1 min read

काठमाडौं- बहु प्रतीक्षित नेपाली फिल्म ‘कुमारी’ भोलि शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। रिलिजको ठिक एक दिन अगावै यस फिल्मले एउटा ठुलो माइलस्टोन पार गरेको छ। फिल्मको लोकप्रिय गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गर्दै रिलिज अगावै दर्शकमाझ बलियो उपस्थिति जनाएको हो। केहर सिं लिम्बुको स्वर रहेको यस गीतमा सागर लामिछाने मगर र सुमन तामाङका शब्द तथा सुमन र केहर एन्ड द लुङा ब्यान्डको सङ्गीत रहेको छ। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले पनि चर्चा पाइसकेका छन्। भोलिदेखि प्रदर्शनमा आउन लागेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...