राष्ट्रियसभा बैठक: चलचित्र विधेयक-२०८१ पारित

February 11, 2026 at 10:48 AM
1 min read

काठमाडौं- राष्ट्रियसभाले ‘चलचित्र विधेयक-२०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् । सभाको आगामी बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...