कृषाको ‘पारस’ मा निरुतापछि सुशील

February 20, 2026 at 09:32 AM

काठमाडौं– कृषा चौलागाइँको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘पारस’ मा अभिनेत्री निरुता सिंह तथा अभिनेता सुशील श्रेष्ठको इन्ट्री भएको छ । निर्माण टिमले बुधवार निरुता सिंह तथा शुक्रवार सुशील श्रेष्ठलाई अनुवन्ध गरेको हो । निरुतालाई फिल्ममा अनुवन्ध गरेको दुई दिनपछि एक्सन स्टारको परिचित अभिनेता श्रेष्ठलाई ‘पारस’ मा अनुवन्ध गरिएको हो । शुक्रवार दिउँसो निर्देशक चौलागाईँले सुशीलसँगको तस्विर सेयर गर्दै पारसमा सुशीललाई अनुवन्ध गरेको जानकारी दिएकी छिन् । उनी लेख्छिन्– ‘प्रतिभाशाली तथा आकर्षक सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ ।’ निर्देशक चौलागाईँले निरुता तथा सुशील आएपछि ‘पारस’ राम्रो फिल्म बन्न सक्ने बताएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...