काठमाडौं– चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष–२०८२ अन्तर्गत दुई दिने ‘स्पट सिंक साउण्ड’ विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । फिल्मको छायांकनस्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा बोर्डले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा छायांकनकै क्रममा ‘लाइभ साउण्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा यस प्रशिक्षणलाई प्राविधिक स्तरमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। कार्यक्रमका अवसरमा बोर्डका अध्यक्ष दिनेश डिसीले छायांकनस्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...