अभिनेता रमित ढुंगानालाई मातृशोक

April 26, 2026 at 06:59 AM
1 min read

काठमाडौँ- अभिनेता रमित ढुंगानालाई मातृशोक परेको छ। उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा उपचारका क्रमममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। दिवंगत ज्ञानुदेवीको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...