काठमाडौं– प्रदर्शनको अन्तिम तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘लालीबजार’ को प्रदर्शन उच्च अदालत पाटनले अल्पकालिन आदेश जारी गर्दै तत्कालका लागि रोक लगाएपछि नेपाली फिल्म वृत्तमा निराशा छाएको छ । अदालतको निर्णयप्रति अधिकांश फिल्मकर्मीले निशारासंगै फिल्म क्षेत्रमा गलत नजीर बसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उच्च अदालत पाटनले मंगलवार जारी गरेको अल्पकालीन अन्तरिम आदेशमार्फत यो फिल्मलाई वैशाख २२ गतेसम्म प्रदर्शन नगर्न निर्देशन दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले फिल्मविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...