‘३० देखि ६० वर्ष उमेर समुहको ‘उपहार’ उपयुक्त फिल्म हो’: रेखा थापा, अभिनेत्री

February 16, 2024 at 12:02 PM

काठमाडौं– अभिनेत्री रेखा थापाले आफ्नो नयाँ फिल्म ‘उपहार’ को ट्रेलरले एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको बताएकी छिन् । नेपाल न्यूज बैंकसंगको पछिल्लो कुराकानीको क्रममा अभिनेत्री तथा निमात्री थापाले नेपाली फिल्म क्षेत्रमा चलेको ट्रेण्डभन्दा ‘उपहार’ मा विल्कुल फरक कथावस्तुमा रहेको प्रतिक्रिया आइरहेको जानकारी दिइन् । उनले भनिन्– ‘तपाईँहरुले ट्रेलर हेरेर थाहा पाउनु भयो होला । धेरै जनाले ट्रेलर हेरेरै फिल्ममा फरकपन पाएको प्रतिक्रिया दिनुभएको छ । परिमार्जन भएको महशुस गर्नु भएको छ ।’ ‘उपहार’ ले प्रेम कथाका साथै सामाजिक घट्ना पनि समेटेकाले किशोरदेखि वृद्धा समेतले हेर्न मिल्ने कथा बोकेको थापाको भनाई छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...