काठमाडौं- आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रीमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहीवार बेलुकी गरिएको भव्य प्रीमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ’लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे । कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ लाई पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । उनले भने- ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...