रिपोर्टिङकै क्रममा पत्रकारमाथि आक्रमण, चलचित्र पत्रकार संघको आपत्ति

May 14, 2026 at 04:06 PM
1 min read

काठमाडौं- चलचित्र पत्रकार संघ नेपालले पत्रकारमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । संघका महासचिव गोपिकृष्ण चापागाईँद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कलाकारहरूको उपस्थितिमा सम्पन्न सार्वजनिक कार्यक्रममा भिडियो रिपोर्टिङ गर्ने क्रममा हिट नेपाल युट्युब च्यानलका क्यामेरा पर्सन सरोज मोक्तानले संघका केन्द्रीय सदस्य तथा गण्डकी लाइभ डटकमका सम्पादक पत्रकार दिनेश थापामाथि कुटपिट र दुर्व्यवहार गरेको उल्लेख गरिएको छ । संघका अनुसार रिपोर्टिङजस्तो पेशागत कार्यमा संलग्न पत्रकारमाथि धम्की, हातपात र रक्ताम्मे हुने गरी गरिएको आक्रमण केवल एक व्यक्तिमाथिको हिंसा नभई समग्र प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामाथिको प्रहार हो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...