कान्समा नेपाल स्टल राख्दै विश्व बजारतर्फ नेपाली फिल्म उद्योग

May 19, 2026 at 05:41 AM
1 min read

काठमाडौं- फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ । बोर्डले यसलाई नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्‍याउने ऐतिहासिक पहलका रूपमा लिएको छ । चलचित्र विकास बोर्डद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कान्समा राखिएको नेपाल स्टलको स्थानीय व्यवस्थापक तथा साझेदार बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सन रहेको छ । बोर्डले यो उपस्थिति कुनै एक फिल्म वा टोलीको प्रवर्द्धनमा मात्र सीमित नभई समग्र नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...