कान्सका मेयरलाई काठमाडौंका कार्यवाहक मेयर डंगोलको निमन्त्रणा

May 20, 2026 at 04:28 PM
1 min read

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएकी छिन् । भेटवार्ताका क्रममा मेयर लिसनार्डले काठमाडौं फिल्म फेस्टिवललाई सफल बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । छलफलमा फिल्मसँगै संगीत, साहित्य, फेसन तथा खानालाई समेत सिर्जनात्मक उद्योगका रूपमा विकास गर्ने विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ । उक्त भेटमा मोरक्कोको ओउरजाजाते नगरका मेयर सैद अफ्रोख पनि सहभागी थिए । उनीहरूले स्थानीय समुदाय, शिक्षा क्षेत्र र पेशागत सञ्जाललाई जोडेर फिल्म उद्योगलाई थप ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...