काठमाडौं– नेपाली फिल्म क्षेत्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको अमेरिकामा निधन भएको दुखद खबर प्राप्त भएको छ । हृदयाघातका कारण उपचाररत रहेका चापागाईँको ५२ वर्षको उमेरमा बुधवार बिहान निधन भएको हो । लामो समयदेखि परिवारसहित अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका चापागाईँलाई तीन दिनअघि हृदयाघात भएपछि बोस्टनस्थित क्याम्ब्रिज हेल्थ अलाइन्स इभरेट अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको अमेरिकामा रहेका नेपाली कलाकर्मीहरूले जनाएका छन् । नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदा चापागाईँले ‘एक नजर’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’, ‘निखिल दाइ’ तथा ‘दिदीभाइ’ लगायतका फिल्महरुको लेखन, निर्माण तथा निर्देशन गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...