‘आ बाट आमा २’ को सुटिङ सकिएलगत्तै तेस्रो सहकार्यका लागि निर्देशक चन्द्र र पलबीच सम्झौता

June 20, 2026 at 09:04 AM
1 min read

काठमाडौं- निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा पनि अभिनेता पल शाह अनुबन्धित भएका छन् । शुक्रवार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको (अनटाइटल्ड) नयाँ फिल्मका लागि अनुबन्ध गरेका हुन् । यस फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिकहरूको विवरण भने अझै सार्वजनिक गरिएको छैन । निर्देशक पन्तले भने, ‘अहिले तेस्रो फिल्मका लागि पल शाहलाई मात्र अनुबन्ध गरेका छौँ। यो हाम्रो तेस्रो सहकार्य हो । अन्य कलाकार तथा प्राविधिकहरूको नाम भने बिस्तारै सार्वजनिक गर्दै जानेछौँ ।’उनले ‘आ बाट आमा २’ को सुटिङ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...