‘कंगाल करोडपति’ मा रेयर राईको इन्ट्रि

July 8, 2026 at 02:51 PM

काठमाडौं— अभिनेता रेयर राई नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ मा अनुवन्धित भएका छन् । निर्माण पक्षले उनलाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुवन्ध गरेको जनाएको छ । फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता मुकुन भुषाल तथा सलिना तामाङ अनुवन्धित भइसकेका छन् । राजु श्रेष्ठको निर्देशन रहने फिल्म ‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन् । फिल्ममा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा सह–निर्माताका रूपमा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...