काठमाडौं- यही साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पीडा भुल्ने मुटु’ रिलिज भएको छ । साउने सङ्क्रान्तिको दिन सार्वजनिक गरिएको यो गीतमा आपत परेको समयमा सन्तानले बुवाप्रति शब्द खर्चिएका छन् । यो गीतको शब्द रचना यस फिल्मका अभिनेता प्रदीप दिप हुन् भने संगीत अभि सुनारको छ । यो गीतलाई गायिका अस्मिता अधिकारीले गाएकी छिन् । गीतको भाव अनुसार नै छायांकन भएको यो गीतको भिडियोमा फिल्मका कलाकारले उदाहरणीय अभिनय गरेका छन् । पूजा गुरुङ र जस्मिन श्रेष्ठद्वारा निर्मित यो फिल्म पछिल्लो समय चर्चामा छ ...
‘हली’ को दर्शक रुवाउने गीतमा अस्मिताको स्वर (भिडियो)
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...