काठमाडौं- रिलिजको पहिलो दिन नेपाली फिल्म ‘रङ्गेली’ ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठूलो सिनेमा हल क्यूएफएक्स सिनेमामा अपेक्षित शो सङ्ख्या नआएता पनि प्राप्त प्रायः शो हाउसफुल रहेका छन् । फिल्मका वितरक गोविन्द शाहीले दिएको जानकारीअनुसार देशभर औसतमा मूल्याङ्कन गर्दा शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । देशभरका कतिपय हलहरूमा हाउसफुल दर्शक देखिए भने कतिपयमा बढी जसो सिट भरिएका छन् । अधिकांश हलहरूमा शो टाइम प्रारम्भ हुने समयमा बिक्री भइरहेको कारण दर्शकको ‘वर्ड अफ माउथ’का कारण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...