आज राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्दै

March 15, 2024 at 01:33 AM

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज शुक्रवार सिनेमा संवाद गरिँदैछ । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् । काठमाडौंमा बिहीवारदेखि प्रारम्भ भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन नेता ओलीसँग सिनेमा संवाद हुन लागेको हो । यो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा आज बिहान ११ः३० बजेदेखि प्रारम्भ हुने आयोजक संस्थाले जनाएको छ । नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो । राष्ट्रिय सभा गृहमा ओली र हमालबीच संवाद हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...