कलाकार संघका अध्यक्ष मोहन निरौलाको जन्मदिनमा चलचित्र संघका अध्यक्ष महर्जनलाई सम्मान

April 1, 2024 at 02:59 PM

काठमाडौं– नेपाल चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल चलचित्र संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जनलाई सम्मान गरेका छन् । नेपाल चलचित्र संघको ३९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका नरेन्द्र महर्जनलाई वधाई तथा सम्मान गर्दै निरौलाले आज आफ्नो जन्मदिन मनाएका हुन् । कलाकार निरौलाले जन्मदिनको अवसरमा पाँच वटा बत्ती बालेका थिए । जन्मदिनमा कलाकार निरौलाले केक भने काटेनन् । केक काट्नु पश्चिमा शैली भएको भन्दै कलाकार निरौलाले पाँच वटा बत्ती बालेर जन्मदिन मनाएका थिए । नेपाल चलचित्र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...