काठमाडौं– कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘शिरफूल’ कोे प्रदर्शन मिति घोषणा गरिएको छ । केहि वर्षअघि नै निर्माण भएको यो फिल्म यही असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहनालाई शिरफूल भनिन्छ । नारीले शिरमा लाउने, फूलको आकारको हुने भएकाले यो गहनालाई शिरफूल भनिएको हो । नेपाली समाजमा छोरी–चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...