काठमाडौं- कार्तिक १२ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म ‘जेरी अन टप’मा अभिनेता भुवन केसी पनि जोडिएका छन् । उनी करिव तीन वर्षपछि अभिनयमा फर्किन लागेका हुन् । उनी फिल्ममा छोरा अनुमोल केसीकै बुबाको भूमिकामा देखिन लागेका छन् । फिल्मको छायांकनको सुरुवात सोमवार बंगलामुखी मन्दिरबाट हुँदैछ । फिल्ममा बाबु छोरा भुवन र अनमोल केसी बाहेक जसिता गुरुङ,केदार घिमिरे,आँचल शर्मा र विपना थापाको प्रमुख भुमिका रहेको छ । भुवनले पछिल्लो पटक सन् २०२१ मा रिलिज भएको फिल्म ‘डाँडाको वरपीपल’मा अभिनय गरेका थिए ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...