काठमाडौं– आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘हली’ को निर्माण टिमले असार १५ को अवसर पारेर रोपाइँ गरेका छन् । सोमवार फिल्मका कलाकार, निर्माता तथा संगीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका हुन् । धान रोप्नका लागि फिल्मका अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी, निर्माताद्वय पूजा गुरुङ, जस्मिन श्रेष्ठ लगायतले धान रोपेका हुन् । किसानकै कथा भएकाले फिल्मका सम्पुर्ण टिमले असार १५ मा रोपाइँमा सहभागी भएको निर्माताद्वय पूजा र जस्मिनको भनाइ छ । हिलोमा धान रोपिरहेका दुवै जनाले असार १५ भन्ने बितिक्कै मानो ...
असार १५ मा ‘हली’ का कलाकार धान रोपाइँमा व्यस्त
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...