इटहरी- नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ प्रविधिको प्रवेशसँगै सुनसरीको इटहरीमा नेपालकै पहिलो १८डी (18D) सिनेमा सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिमा आधारित उक्त सिनेमाको उद्घाटन लोकप्रिय अभिनेता पल शाहले एक विशेष समारोहबीच गरेका छन् । १८डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमा इटहरीको सेन्टर प्लाजामा स्थापना गरिएको छ । पारम्परिक सिनेमाभन्दा फरक अनुभव दिने उद्देश्यले सञ्चालनमा ल्याइएको यस सिनेमाले दर्शकलाई दृश्यसँगै हल्लिने सिट, विशेष ध्वनि, हावा, कम्पन तथा अन्य विशेष प्रभावमार्फत वास्तविक अनुभूति दिलाउने दाबी गरिएको छ । सञ्चालक उमेश घोरासाइनेका अनुसार वयस्कतर्फ एकैपटक १२ जना र बालबालिकातर्फ १५ जनासम्मले एकै समयमा ...
इटहरीमा खुल्यो नेपालकै पहिलो १८डी सिनेमा, पल शाहद्वारा उद्घाटन
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...